संक्षिप्त परिचय

अनन्तलिङ्गेश्वर नगरपालिका एक परिचय

(जनसाङ्खिक र सामाजिक अवस्था)

परिचय

          कठमाडौं उपत्यका भित्र पर्ने तीन जिल्लाहरु मध्ये क्षेत्रफलको दृष्टिकोणले भक्तपुर जिल्ला अन्य जिल्लाहरुको तुलनामा सानो भए पनि ऐतिहासिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण रहेको छ । २ नगरपालिका १६ गाउँ विकास समिति भएको यस जिल्लालाई २०७१ मंसिर १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयले गा.वि.स. (गाउँपालिका) विहीन भई थप ४ नगरपालिका सहित ६ गोटा नगरपालिकामा विभाजन गरेको छ । त्यस मध्य जिल्लाको दक्षिणी पश्चिम भेगमा अवस्थित तत्कालिन बालकोट, सिरुटार, दधिकोट र गुण्डू गरी ४ गा.वि.स.हरुलाई गाभेर १५ वडा भएको अनन्तलिङ्गेश्वर नगरपालिका घोषणा भएका गरेको छ । यो नगरपालिकाको भौगोलिक अवस्था २७º ३६’ उत्तर अक्षांसदेखि २७º ४०’ उत्तर अक्षंस र ८५º २१’’ पूर्व देशान्तदेखि ८५º २६’ पूर्व देशान्त भित्र पर्दछ । यसको पूर्वमा सूर्यविनायक नगरपालिका, उत्तरमा सूर्यविनायक, मध्यपुरठिमी नगरपालिका, पश्चिममा गोदावरी खोला र ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका पर्दछ । यस नगरपालिकाको उत्तरमा हनुमन्ते खोला, दक्षिणमा ढुङ्ग्रे खोला र पश्चिममा गोदावरी खोला बग्दछ । यो नगर भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नं.२ मा पर्दछ । क्षेत्रफलको हिसावले.............. वर्ग किलोमिटर क्षेत्रफल ढाकेको छ ।

तत्कालीन बालकोट गाउँ विकास समीतिको वडा नं. १ र २ लाई नगरपालिकाको वडा नं. १, गाविस वडा नं. ३ र ४ लाई न.पा. वडा नं. २, गाविस वडा नं. ५ र ६ लाई न.पा. वडा.नं. ३, गाविस वडा नं. ७ र ८ लाई न.पा. वडा नं. ४ र गाविस वडा नं. ९ लाई न.पा. वडा नं. ५ गरिएके छ भने तत्कालीन सिरुटार गाउँ विकास समितिको वडा नं. १, २ र ३ लाई न.पा. वडा नं. ९, गाविस वडा नं. ४ र ५ लाई न.पा. वडा नं. १०, गाविस वडा नं. ६ र ८ लाई न.पा. वडा नं. ११, गाविस वडा नं.७ र ९ लाई न.पा. वडा नं. १२ गरिएको छ । त्यसै गरि साविकको गुण्डू गाउँ विकास समितिको वडा नं. १, २ र ३ लाई न.पा. वडा नं. १३, गाविस.वडा नं. ५, ६ र ७ लाई न.पा. वडा नं. १४ तथा गाविस वडा नं. ४, ८ र ९ लाई न.पा. वडा नं. १५ गरि विभाजन गरिएको छ ।

नगरको नामाकरण

          यस नगरपालिका वडा नं. १० स्थित अनन्तङ्गि डाँडाको सुन्दर वनको मध्यभागमा अवस्थित सातौँ सताब्दीमा बनेको इतिहास बोकेको अनन्तलिङ्गेश्वर महादेव मन्दिरको नामबाट नामाकरण भएको छ ।

सामाजिक परिचय

          सामाजिक परिचय दिनुको आशय त्यस समाजका मानिसहरुको रहनसहन तथा उनीहरुको प्रकृतिको अध्ययन गरी देखाउनु हो । देश, काल र परिस्थितिअनुसार समाजको सामाजिक संचारमा पनि फरक पाइन्छ । त्यहाँको सामाजिक विभिन्नतालाई बुझ्न त्यस क्षेत्रका मानिसहरुको चालचलन जाति, पेसा, धर्म, भाषा, संस्कृति आदि पक्षको अध्ययन गर्नुपर्दछ । अनन्तलिङ्गेश्वर नगरपालिका भित्र बसोबास गर्ने विभिन्न जातिहरुमा आपसी सहयोग र समझदारी राम्रो पाइन्छ । सबै जनजातिहरुले आ—आफ्नो परम्परादेखि मान्दै आएको संस्कृतिलाई समय अनुरुप पविर्तन र परिमार्जन गरी आधुनिक युगतिर लम्किएको देख्न पाइन्छ । यस नगरपालिकाको सामाजिक अवस्थालाई स्पष्ट पार्नका लागि यहाँको जनसंख्या जनजीवन, विभिन्न संस्कार र चालचलनहरु, रीतिरिवाज, पूजाआजा, मेलापर्व आदिको अध्ययन गर्नु आवश्यक भएकाले यसको संक्षिप्त चित्र प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

जनसंख्या विवरण

नेपाल सरकारले लिएको २०६८ सालको जनगणना अनुसार यस नगरपालिका भित्र बसोबास गर्ने कुल जनसंख्या ३७९८९ जना मध्ये पुरुष १८८७८ अर्थात ४८ प्रतिशत रहेको छ भने महिला २०१११ अर्थात ५२ प्रतिशत रहेको छ ।

उमेरसमुह        महिला           पुरुष         जम्मा

०—४           ११३९           १३५६           २४९५

५—९          १३७३          १५२७           २९००

१०—१४       १८३३           १९०९           ३७४२

१५—१९       १९७६          २१६१           ४१३७

२०—२४       २३००           २०१७           ४३१७

२५—२९       २११३           १७०८           ३८२१

३०—३४       १८२६           १५८६           ३४२२

३५—३९       १५७०           १५८३           ३१५३

४०—४४       १२५०           १३५२           २६०२

४५—४९       ८७९             ९६९             १८४८

५०—५४       ७३६             ७५३             १४९२

५५—५९       ५५१             ६०७             ११५८

६०—६४       ५०१             ४२०             ९२१

६५—६९       ४०१             ३६९             ७७०

७०—७४       २८३             २३५             ५१८

७५ माथि        ३८०             ३१३             ६९३

जम्मा   १९१११                  १८८७८        ३७९८९

उमेर              पुरुष              महिला           जम्मा             प्रतिशत

१५ वर्षसम्म    ४७९२           ४३४५           ९१३७           २४.०५

६० वर्षसम्म    १२७४९        १३२०१        २५९५०        ६८.३१

६० वर्षमाथि    १३३७           १५६५           २९०२           ७.६४

जम्मा   १८८७८        १९१११        ३७९८९        १००

         

          यस नगरपालिकामा नावालक उमेरका जनसंख्या पुरुष ४७९२, महिला ४३४५ जम्मा ९१३७ अर्थात कुल जनसंख्याको २४.०५ प्रतिशत रहेको छ । उत्पादनमुलक क्षेत्रमा सक्रिय रहन सक्ने उमेर १५ वर्षदेखि ५९ वर्ष भित्रका जनसंख्या पुरुष १२७४९, महिला १३२०१ गरी जम्मा २५९५० अर्थात कुल जनसंख्या ६८.३१ प््रतिशत रहेको छ भने ६० वर्ष माथिका पुरुष १३३७, महिला १५६५ गरी जम्मा २९०२ अर्थात ७.६४ प्रतिशत रहेको छ । जसमा सक्रिय उमेर समूह तथा जेष्ठ नागरिकका रुपमा रहेका महिलाको संख्या बढी र १५ वर्षसम्म पुरुषको संख्या बढी देखिन्छ । यसबाट हालका दिनहरुमा लिंग पहिचान गरी बच्चा जन्माउने अवस्था रहेको अनुमान गर्न सकिन्छ ।

घरधुरी तथा लैंगिक विवरण

नगरपालिका              घरधुरी           जनसंख्या

                             जम्मा   पुरुष    महिला

जम्मा   ८९७७ ३७९८९        १८८७८        २०१११

 

नेपाल सरकारको २०६८ सालको जनगणना अनुसार यस नगरपालिका भित्र ८९७७ घरधुरी रहेको जसमा कुल जनसंख्या ३७९८९ जना रहेको छ भने जसमा पुरुष १८८७८ अर्थात ४८ प्रतिशत रहेको छ भने महिला २०१११ ऋर्थात ५२ प्रतिशत रहेको छ । जसमा प्रति परिवार ४.२३ जना बसोबास गर्ने गरेको देखिन्छ ।

जातिगत विवरण

          यस नगरपालिका भित्र बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ, दमाई, कामी, सार्की। सन्यासी आदि आदिवासी जातिका रुपमा बसोबास गर्दै आएको भएतापनि तराईका विभिन्न जाति तथा पूर्वी पहाडका राई लिम्बूहरु समेतको बसाई सराईको रुपमा बाक्लो बसोबास रहेको छ । नेपाल सरकारको २०६८ सालको सर्वेक्ष्ँण अनुसार यस नगरभित्र सबैभन्दाबढी क्षेत्री १३६७२, त्यसपछि दोस्रो जातिको रुपमा नेवार ९६८०, बाहुन(पहाडी) ९४४९ जना रहेको पाइन्छ भने त्यसपछि तामाङ २२५८ र मगर ८८४ जना बसोबास गरिरहेका छन् । अन्य जातिका रुपमा राई ४३९, सन्यासी÷दशनामी २४९, थारु २१५, लिम्बु १९६, कामी १९३, दमाई १८६, घर्ती÷भुजेल १६५, ठकुरी १२९, मुस्लिम ११८, यादव १०६, गुरुङ ७९, घले ७०, तेली ६७, सार्की ४८, कोइरा÷कुशवाह ३९, सुधी ३२, हजाम÷ठाकुर २९, चमर÷हरिजन÷राम १८, बाहुन तराई १७, माझी १७, दनुवार १७, शेर्पा १५, कलवार १४, सुनुवार १३, वान्तवा १२, कायस्थ १२, कुमाल ११, दलित अन्य २४९ तराई अन्य ४५, अन्य २६९ कुलजम्मा ३७९३९ जातिहरुका जनसंख्या बसोबास गर्दै आएका छन् ।

भाषागत विवरण

          यस नगरपालिका भित्र बसोबास गर्ने बाहुन, क्षेत्री, दमाई, कामी, सार्की जस्ता विभिन्न जातिहरु मतृभाषाको रुपमा नेपाली भाषा नै बोल्ने गर्दछन् जुन २६९२४ जना रहेको छ, त्यसपछि नेवारी भाषा बोल्ने ७६३९ र तामाङ भाषा बोल्ने १९१५ जना ठूलो संख्याको रुपमा रहेको छ भने तलको तालिका अनुसार मैथली, भोजपुरी, राई, थारु, लिम्बु, घले, गुरुङ, हिन्दी, चाम्लीङ, वान्तवा, डोटेली, उर्दु, दनवार तथा थुलुङ भाषाभाषीहरुको पनि बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार नेपाली—२६९३४, नेवार—७६३९, तामाङ—१९१५, मैथली—४८५, भोजपुरी—१५९, राई—१४७, थारु—१२१, मगर—११०, लिम्बु—१०८, घले—६२, गुरुङ—३०, हिन्दी—२७, चाम्लिङ—२४, वान्तवा—२४, डोटेली—१८, उर्दु—१५, दनुवार—१३, थुलुङ—१२, अन्य—१४७ गरी १८ भाषाभाषी भन्दा बढी गरी कुल जम्मा ७९८९ भाषाभाषी रहेका छन् ।

धर्म

          यस अनन्तलिङ्गेश्वर नगरपालिका हालै मात्र खडा भएका कारणले छुरुपमा धर्मावलम्बीहरुको विवरण उपलब्ध हुन नसकेपनि भक्तपुर जिल्ला प्रोफाइलमा उल्लेख भए अनुसार २०६८ सालमा भएके जनगणना अनुसार जिल्लाको ८७.८५ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्बी रहेको पाइन्छ भने ९.१८ प्रतिशत बौद्ध धर्मावलम्बी, ०.४९ प्रतिशत इस्लाम, १.९७ प्रतिशत क्रिश्चियन, ०.३८ प्रतिशत किराँत, ०.१२ प्रतिशत अन्य धर्मावलम्बी रहेको देखाइएको छ ।

घरको विवरण

          २०६८ सालमा भएके तथ्याङ्क संकलन विवरण अनुसार यस नगर भित्र निम्नानुसार घरहरुको रहेको पाइन्छ ।

प्रकार   कच्ची  सिमेन्टेड         पिल्लर काठवार         अन्य   नखूलेको        जम्मा

संख्या  ३३२१ २९११ २६२६ १५     २२     ८२     ८९७७

काठमाण्डौं उपत्यका भित्रका काठमाडौं र भक्तपुर जिल्लालाई गाविसविहीन घोषणासँगै सबै गाउँ विकास समितिलाई नगरपालिका बनाएतापनि काठभित्र यी क्षेत्र ग्रामीण परिवेशकै घर गोठ र आपादी रहेको पाइन्छ । यहाँको घर बनाउने परम्परा अनुसार पूर्णयता काँचो इँटा एवं काँचो भित्र पाको इँटा बाहिरी गाह्रोमा प्रयोग गरेर घरह बनाउने गरेको थियो । तथ्याङ्क संकलन विवरण अनुसार ३३२१ घर कच्ची प्रकृतिको निर्माण सामग्री प्रयोग गरी बनाएके थियो भने पिल्लरविना वालसिस्टमबाट सिमेन्ट पक्की घर २९११, पिल्लर सिस्टमबाट बनेको सिमेन्टेड पक्की घर २९११ रहेको छ भने काठवार जडान गरेर बनेको १५ घर, अन्य प्रकारका निर्माण सामग्रीहरु प्रयोग गरेर बनाएको २२ घर र अवस्था नखुलेको ८२ घर रहेको खुल्न आएको छ ।

          भुकम्पले गर्दा टनेल छाप्रा तथा जस्तापाताले बेरेका छाप्रामा हालसम्म पनि ............... संख्यामा बसोबास रहको पाइएको छ । हालै सरकारले भुकम्प पीडितलाई घर निर्माण राहत स्वरुप पहिलो किस्ता वापत........... रकम वितरण गर्न शुरु गरेको छ ।

भुकम्पले क्षतिग्रस्त घरविवरण

२०७२ वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्प र त्यसपछि आएका पराकम्पले यस नगरभित्र नष्ट पारेको भौतिक संरचनाको विवरण निम्नानुसार रहेको छ ।

क्षतिको प्रकार  पूर्ण क्षति        ऋांशिक क्षति  सामान्य क्षति   जम्मा

घरसंख्या        ३३५५ ५७१   ८७८   ४८०४

स्रोतः भक्तपुर जिल्लामा भूकम्पको प्रभाव सम्बन्धी पुस्तिका २०७२

खानेपानी

प्रकार   धारा    ट्यूववेल         इनार कुवा       पानीको मुल    असन्य नखुलेको        जम्मा

परिवार ७२८८ ६२५   ६१९   २७४   १३०   ४१     ८९७७

          नेपाल सरकारबाट २०६८ सालमा भएको तथ्याङ्क संकलन विवरण अनुसार यस नगरभित्र बसोबास रहेको ८९७७ घरपरिवार मध्ये ७२८८ ले धाराको पानी खानेपानीको रुपमा प्रयोग गरिरहेको देखाउँदछ भने ६२५ परिवारले ट्यूववेल, ६१९ परिवारले इनार÷कुवा, २७४ परिवारले पानीको मुल र १३० परिवारले सो भन्दा बाहेकको स्रोत(मिनरलवाटर खरिद जस्ता स्रोतहरु)बाट प्राप्त गरी खानेपानी प्रयोग गरिरहेका छन् भने ४१ प्रिवारले प्रयोग गर्ने खानेपानीको स्रोत खुलाउन नसकेको पाइन्छ ।

          यस नगरपालिका भित्र दधिकोट वृहत खानेपानी आयोजना, सिरुटार खानेपानी आयोजना, बालकोट खानेपानी आयोजना र गुण्डू खानेपानी आयोजना संचालन रहेका छन् । प्राकृतिक रुपमा स्रोत संकलन र डिप बोरिङ्ग गरी पानीको स्रोत संकलन गरी पानी वितरण गरिरहेको छ ।

खाना पकाउने इन्धनको प्रयोग

दाउरा   मट्टितेल     ग्यांस    वायोग्यांस       विद्युत  अन्य   नखूलेको        जम्मा

२२९२    १९४       ६३५८        १८                 १       ६७     ४७           ८९७७

          नेपाल सरकारबाट २०६८ सालमा भएको तथ्याङ्क संकलन विवरण अनुसार यस नगरभित्र बसोबास रहेको ८९७७ घरपरिवार मध्ये सबैभन्दा बढी ६३५८ परिवारले ग्यांस २२९२ परिवारले दाउरा १९४ परिवारले मट्टितेल, १८ परिवारले बायोग्यांस र एक परिवारले मात्र विद्युतीय चुल्हो प्रयोग गर्ने र ६७ परिवारले सो भन्दा बाहेकका अन्य इन्धन स्रोत प्रयोग गर्ने उल्लेख गरिएको छ भने ४७ परिवारको इन्धन प्रयोगको विवरण स्पष्ट पार्न नसकेको पाइन्छ ।

          हल दिनहरुमा खाना पकाउने राइसकुकर, ओभन, इलेक्ट्रिक चुल्होको प्रयोग अत्याधिक मात्रामा बढेको छ । त्यसमा पनि केही समय अघि भारतले गरेको नाकाबन्दीले गर्दा ग्यांस तथा मट्टितेलको अभावमा प्रँकृतिक रुपमा प्राप्त हुने दाउरा, गुइठाहरु, भुइचुल्होको प्रयोग गरेको पाइएको छ । नेपालको लोडसेडिङको अवस्था धेरै भएपनि विद्युत तालिका अनुसार विद्युत उपलब्ध हुने समयलाई मध्यनजर गर्दै खाना पकाउन विद्युतीय चुल्हो, ओभन तथा राइसकुकरकै प्रयोग बढी रहेको अनुभवले नै उल्लेख गर्न सकिन्छ ।

बत्तीको स्रोत

प्रकार   विद्युत  मट्टितेल          वायोग्यांस       सोलार अन्य   नखुलेको        जम्मा

परिवार ८८२० ६४     ३०     ८       ६       ४९     ८९७७

यस नगर क्षेत्र पूर्णतः विद्युत लाईन विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणको रेकर्ड अनुसार ..............घरमा विद्युत लाइन जडान भएको देखिन्छ । २०६८ सालको तथ्याङ्क सङ्कलन विवरण अनुसार यस नगरभित्र ८९७७ परिवार मध्ये विद्युत लाइन प्रयोग गरि बत्ती बाल्ने परिवार ८८२०, मट्टितेल प्रयोग गरि बत्ती बाल्ने ६४ परिवार, वायोग्यांस प्रयोग गरि बत्ती बाल्ने परिवार ३०, सोलार प्रयोग गरी बत्ती बाल्ने ८ र सो भन्दा बाहेक अन्य उर्जा स्रोत प्रयोग गर्न ६ परिवार उल्लेख भएको छ भने ४९ परिवारको स्रोत नखुलेको जनाइएको छ ।

शौचालय सुविधा

प्रकार   स्थायी  अस्थायी        नभएको          नखुलेको        जम्मा

परिवार ७५०७ १२३२ १८९   ४९     ८९७७

          नेपाल सरकारको २०६८ को जनगणना तथ्याङ्क अनुसार नगरपालिका भित्र रहेको ८९७७ परिवार मध्ये ७५०७ परिवारले स्थायी प्रकृतीको शौचालय प्रयोग गरिरहेका छन् भने १२३२ परिवारले अस्थायी प्रकृतीको शौचालय प्रयोग गरेको देखाएको छ । १८९ परिवार शौचालय पहुँच भन्दा बाहिर रहेको र ४९ परिवारको शौचालय प्रयोगको स्थिति नखुलेको उल्लेख गरेको छ ।

          यस नगरपालिकाभित्रका तत्कालिन बालकोट, सिरुटार, दधिकोट र गुण्डू गाउँ विकास समितिहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा २०७० सालमै भइसकेको अवस्था रहेको छ । तत्कालको अवस्थामा शौचालय नभएका घर परिवारलाई जिल्ला विकास समितिको कार्यक्रम अनुसार शौचालय नभएका घर परिवारलाई तत्काल अस्थायी प्रकृतीको भएपनि शौचालय निर्माण गर्न लगाई खुला दिसामुक्त गाउँ  विकास समिति घोषणा भएको पाइन्छ ।

लवाई—खुवाई

          बूढापाकाहरु क्मिज, सुरुवाल, स्टकोट, ढाका टोपी र महिलामा फरिया, चोलो र पछ्यौरी लगाउने गर्दछन् । युवावर्गमा भने आधुनिकताका कारण सर्ट, पाईन्ट तथा महिलामा कुर्ता, सुरुवाल, मिनिस्कट तथा साडी, व्लाउज लगाउने गर्दछन् । घरयासी प्रयोगका रुपमा हाल महिलाहरु म्याक्सी लगाउने गर्दछन् । गरगहनामा क्ष्ँेत्री बाहुनमा फुली, विवाहीतले पोते तथा नाडीमा चुरा, कपालमा रातो धागो, कानमा ढुङ्ग्री तथा विभिन्न चलनचल्तीका गरगहनाहरु ल्गाउने गर्दछन् ।

          खानेकुराहरुमा प्रायः दाल, भात, तरकारी भएपनि त्यसको अलावा ढिँडो, रोटी, गुन्द्रुक, दहीदूध खान्छन् । मांसहारी क्षेत्री बाहुनमा खशी, बोका तथा भेडा, च्याङ्ग्राको मासु र हालका दिनहरुमा आएर कुखुराका पनि मासु खाने गर्दछन् । नेवारी सम्प्रदायमा राँगाको मासुलाई धेरै परिकार बनाएर खाने गर्दछन् । साथै कुखुरा, हाँस, बोका, खसी, थुमा आदिको मासु खाने गर्दछन् ।

रुढीवादी तथा अन्धविश्वार

          धामीझाँक्री, भूतप्रतेतको विश्वास, दैवी शक्तिमा विश्वास, नाडी हेर्ने तथा देवीदेवता, वायु लाग्यो भन्ने जस्ता कुराको विश्वास गर्ने, फिर लगाउने, लामाहरुले पिरपिरे गाड्नाले असिना नपर्ने र बाली नाश नहुने भन्ने कुरामा विश्वास, मंगलवार भेटघाट गर्न नहुने, शनिवार घर छाड्न नहुने, विवाहवारी, ब्रतबन्ध जस्ता धार्मिक। सामाजिक कार्य गर्न साइत जुराउनुपर्ने जस्ता अन्धविश्वासहरु यस गाउँभित्र अहिले पनि बाँकी नै रहेका छन् ।

संस्कृती र संस्कार

          यस नगरपालिकाका अधिकांश बासिन्दाहरु हिंन्दू धर्मावलम्बी भएका हुँदा हिन्दू धर्मग्रन्थ अनुसार बैद्धिक विधिबाट संस्कार गर्ने गरेको पाइन्छ । नेवार जाति र क्षेत्री बाहुनहरु हिन्दू धर्मावलम्बी भए पनि जातिय हिसाबले कर्म तथा संस्कारमा केही फरक भने अवश्य देख्न सकिन्छ ।

क)      न्वारनः बच्चा जन्मेपछि विधिवत् रुपमा शुद्ध गरिने संस्कार न्वारन हो । यो एघारौँ दिनमा गरिन्छ । अन्य जातिहरुमा केही फरक पाइन्छ ।

ख)      पास्नीः जन्मेपछि अन्न खुवाउने कार्यलाई पास्नी भनिन्छ । छोरीलाई ५ महिना पुगेपछि र छोरालाई ६ महिना पुगेपछि साइत जुराएर चाँदीको चम्चाले अन्न खुवाउने गरिन्छ ।

ग)      ब्रतवन्धः बाहुन क्षेत्रीमा ब्रतबन्ध गर्ने संस्कार छ । कपाल खौरेर, ६ डोरे मन्त्र गरेको जनै लगाइदिने, मन्तर दिने कार्य गर्दछन् । यो संस्कार गरेपछि मात्र विवाह गर्न हुने तथा संस्कार चल्ने मान्यता रहेको छ ।

घ)      विवाहः उमेर पुगेका केटा—केटी बीचको सम्बन्ध्लाई वैधानिकता दिने संस्कारको रुपमा यसलाई लिन सकिन्छ । विवाह वंशजको अस्तित्व राख्न सन्तानोत्पादनका लागि गरिने एउटा सामाजिक प्रक्रिया हो । यहाँको समाजमा मागी तथा प्रेमविवाहको चलन रहेको छ ।

ङ)      बेल विवाह (इही) ः नेवारी समुदायमा ८ वा १० वर्ष पूरा भएकी बालिकालाई बेलसँग विवाह गर्ने संस्कारलाई बेल विवाह (इही) भनिन्छ ।

च)      गुफा राख्ने (बारा)ः नेवारी समुदायका किशोरीहरु प्रथम पटक राजश्वला हुनुभन्दा अगाडी १२ दिनसम्म सूर्य र पुरुषको मुख नहेरी बस्ने संस्कारलाई गुफा राख्ने भनिन्छ । यस्तै क्षेत्री बाहुन समुदायमा प्रथमपटक रजश्वला हुँदा २२ दिनसम्म आफ्ना बाबु, काका, दाजुभाइ अर्थात आफन्त पुरुषको मुख हेर्न नहुने भनी टाढा वा गोप्य ठाउँमा बस्ने चलन रहेको देखिन्छ ।

छ)      भीमरथ (जंकु)ः नेवारी समुदायका सत्तहत्तर वर्ष सात महिना सात दिन सात घडी र सात पला पुगेपछि वृद्धवृद्धालाई प्रथम पटक जंकु गरिन्छ । त्यस्तै त्रियासी वर्ष चार महिना चार घडी चार पलमा दोस्रो र उन्नानसय वर्ष नौ महिना नौ घडी नौ पलामा अन्तिम जंकु (बूढो पास्नी) गरिने चलन छ ।

ज)      अन्येष्टिः मृत्यु पछि गरिने संस्कारलाई अन्त्येष्टि भनिन्छ । यहाँको संस्कार अनुसार प्रँयः घाटमा लगेर दाहसंस्कार गर्ने गर्दछन् । १२ दिनसम्म क्रियापुत्रीको रुपमा रहेर जुठो चोख्याउने चलन क्षेत्रीबाहुन समुदायमा रहेको छ भने नेवारी समुदायमा यसको विधि र प्रक्रिया अलि फरक देखिन्छ ।

चाडपर्वहरु     

          यस गाविसमा हिन्दू धर्मावलम्बीहरुके बाहुल्यता रहेको हुदा यहाँको चाडपर्वहरु पनि हिन्दू परम्परा अनुसार नै मान्ने गरेको देखिन्छ । जुन निम्नानुसार छन् ः

ड्ड     वैशाखः          विस्केट जात्रा, मातातिर्थ औँसी, देवाली

ड्ड     जेष्ठः              सिठी नखः

ड्ड     असार  :     असार पन्ध्र, हरिशयनी एकादशी, गठेमुगल

ड्ड     साउनः           साउने संक्रान्ति, नागपञ्चमी, जनैपुर्णिमा, गाईजात्रा

ड्ड     भदौः             जुगाा चह्रे, तीज, गोकर्ण, औँसी, इन्द्र जात्रा

ड्ड     असोजः           दशैँ

ड्ड     कार्तीकः          तिहार, सकिमापुन्ही, न्वागी खाने

ड्ड     मंसीरः           धान्य पूर्णिमा, बालाचतुर्दशी, योमरी पूर्णिमा

ड्ड     पौषः             स्वस्थानी शुक्ल पूर्णिमा

ड्ड     माघः             माघे संक्रान्ति

ड्ड     फागुनः           महाशिवरात्री, फागु पूर्णिमा

ड्ड     चैत्रः              चैते दशै, रामनवमी

यहाँ मनाउने चाडपर्व समग्र हिन्दूहरुले मनाउने र सो सरह नै मनाउने गरेको देखिन्छ । क्षेत्री, बाहुन सम्प्रदाय र नेवारी सम्प्रदायमा केही हदसम्म फरक रुपमा मनाएके देखिन्छ ।

अन्तमा,

          भक्तपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित अनन्तलिङ्गेश्वर नगरपालिका तत्कालिन बालकोट, सिरुटार, दधिकोट र गुण्डू गाउँ विकास समिति मिलेर बनेको छ । समग्रमा काठ इलाकामा पर्ने यो नगरपालिका जमिनी हिसाबको टारी र डोल खेतहरु रहेको उव्जनशील जमिनहरु छन् । मुख्य वालीको रुपमा धान, गहुँ, मकै जस्ता परम्परागत बालीहरु भएपनि बेमौसमी तरकारी खेत ीगर्ने गरिएके छ । तरकारी खेती महिलाहरुको आय आर्जनको प्रमुख व्यवसायको रुपमा रहँदै आएको छ । काठमाण्डौं बजारबाट नजिक भएकाले पनि यहाँ तरकारी, दुध तथा तिहार सिजनमा गुण्डू इलाकामा मखमली फूलका मालाहरुको व्यवसाय गरेको पाइन्छ ।

          कोटेश्वर भक्तपुर ६ लेनको सडकको नजिक पर्ने भएर पनि यस क्षेत्रमा उपत्यका बाहिरबाट काठमाण्डौं आएर बसोबास गर्नेको रोजाइको क्षेत्र हुँदै आएक तथा शिक्षा, स्वास्थ्य र अन्य सुविधाको लागि काठमाण्डौंबाट नजिक भएकाले पनि यहाँ बसाई सराईको चाप परिरहेको छ । यातायातको पनि राम्रो सुविधा रहेको छ । कलंकी—बालकोट, विरुवा—रत्नपार्क, विरुवा—गँगवु, काठमाण्डौं—नयाँठिमी—तर्खगाल(दधिकोट) र काठमाण्डौं—सूर्यविनायक—गुण्डूसम्म नियमित यातायातको सुविधा समेत रहेको छ ।

          पेशागत रुपमा कृषिलाई प्रम्ुख पेशा मानेतापनि त्यस भित्र गोलभेडा, हरियो तरकारी, गाई बाख्रा पालन, कुखुरा, बंगुल पालन जस्ता व्यवसाय अपनाएको पाईन्छ भने स्थानीयहरु शिक्षित युवाहरु अध्ययनको लागि भनेर, वेरोजगार युवाहरु रोजगारको लागि तथा दक्षजनशक्ति पनि श्रमको उचित सम्मान नपाई, उच्चपदस्थ व्यक्तित्वहरु प्नि अवकास पछि पनि विदेश पलायन हुने अवस्था छ ।

          अझ पनि यहाँ स्वच्छ खानेपानीके अभाव नै छ । शैक्षिक वेरोजगार, रोजगारको क्षेत्रमा महिला र पुरुष बीचको असमानता कायमै छ । शिक्षाको क्षेत्रमा छोराछोरी बीचको भेदभाव हटेपनि अन्य क्षेत्रमा भेदभाव कायमै छ । सरकारी विद्यालयमा शैक्षिकस्तर तल्लो रहने मानसिकताले बालबालिकालाई महंगो विद्यालयमा पठन पाठन गराउन सर्वसाधारण बाध्य रहदै आएका छन् ।

          अन्तमाm गाउँ, समाज, नगर र नागरिकलाई परिवर्तन गर्न सबैभन्दा पहिला व्यक्ति आफू परिवर्तन हुनु पर्दछ । अनि मात्र अरु सबै गर्न सकिन्छ ।

जनसंख्या विवरण

          अनन्तलिङ्गेश्वर नगरपालिका र भित्र कार्यरत रहेका सिरु बौद्धिक समाज, बालकोट बौद्धिक समाज, प्राज्ञिक समाज दधिकोटको संयुक्त प्रयासमा २०७३ जेष्ठ÷असारमा गरिएको सर्वेक्षणबाट यस नगरपालिका भित्र बसोबास गर्ने कुल जनसंख्या ३४१८२ जना मध्ये पुरुष १७,२४२ अर्थात ५०.४ प्रतिशत रहेको छ भने महिला १६९४० अर्थात ४९.६ प्रतिशत रहेको पाइएके छ । जसमा २०६८ को जनगणनाभन्दा बढी १२ प्रतिशत जनसंख्या घटेको देखिन्छ । जसमा पुरुष १,६३६ जना कम छन् भने महिलाहरुको हकमा ३,१७१ जना कमी भएके देखाईएको छ । यसबाट २०६८ को जनगणना भन्दा ५ वर्ष पछि गरिएके सर्भेक्ष्ँणमा घटी देखिनु प्राविधिक कारण हुन सक्ने देखिन्छ ।

यस अध्ययनबाट सबैभन्दा बढी जनसंख्या वडा.नं.१२ मा ३८७३ जना रहेको देखिन्छ भने परिवार संख्याको हिसावले वडा.नं.५ मा ७९८ परिवार रहेको छ । सबैभन्दा कम जनसंख्या वडा.नं. ९ मा २६४ घर परिवारमा १३६७ जना रहेको छ ।

          उमेरगत रुपमा जन्मदेखि ५ वर्षसम्मका २१३७ जना ६ वर्षदेखि १४ वर्षसम्म ४३१५, १५ वर्षदेखि ५९ वर्षसम्मका २४३७६ रहेका छन् भने ६० वर्षमाथिका ३३५४ जना रहेको छ ।

घरधुरी तथा घर संरचनाको अवस्था

विवरण भौतिक संरचना घरधुरी जनसंख्या

          परम्परागत      आधुनिक                 जम्मा   पूरुष    म्हिला

स्थायी बसोबास         २०४३ ५०१९ ६८८७ ३४१८२        १७२४२        १६९४०

भाडामा बसोबास                           ३२९२ १०१४०                 

कुल जनसंख्या                              ४४३२२                 

 

          २०७३ जेष्ठ÷असारको सर्भेक्षण अनुसार यस नगरपालिका भित्र ६८८७ घरधुरी रहेको जसमा कुल जनसंख्या ३४१८२ जना रहेको छ भने जसमा पुरुष १७२४२ र महिला १६८४० रहेको छ । भाडामा बस्ने थप परिवार संख्या ३२९२ मा १०१४० जना रहेका छन् । कूल जनसंख्या ४४३२२ रहेको पाइन्छ ।

          भैतिक संरचनामा ५०१९ वटा आधुनिक निर्माण सामाग्री प्रयोग गरेर बनाएको पक्की घर रहेको छ भने २०४३ गोटा घरहरु परम्परागत, कच्ची, पक्की इटा प्रयोग गर्नुका साथै भुकम्पपछिको अवस्थामा टनेल, जस्ता, काट, बाँसका छाप्राहरुको रुपमा प्रयोग गरी बसोबास गर्दै आएको पाइएके छ ।

धर्म

          यस अनन्तलिङ्गेश्वर नगरपालिका स्थायी बसोबास गर्ने ३४१८२ जना मध्ये ३३७५६ जना अर्थात ९८७५ प्रतिशत हिन्दु धर्मावलम्बी रहेका छन् भने २७२ जना अर्थात ६३० प्रतिशत क्रिश्चियन, ९५ जना अर्थात ४.४५ प्रतिशत बौद्धमार्गी, ५५ जना अर्थात ०.२३ इस्लाम धर्मावली रहेका छन् ।